रत्ननगरमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएपछि के-के भयो ?

June 21, 2021 7:34 pm

रामु आचार्य/रत्ननगर
रत्ननगर ५ स्थित जनकौली सामुदायिक बनमा बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएसंगै भोलिको दिनमा सो बाघले अरु स्थानीयको ज्यान लिन नसकोस भन्दै स्थानियहरु सो बाघलाई डार्ट गर्नुपर्ने माग गर्दै थिए तर निकुञ्जले डार्ट नगर्ने संकेत दिए संगै सयौका संख्यामा रहेका स्थानिय चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालयमा पुग्छन र नाराबाजी सहितको तोडफोड सुरु हुन्छ । समुहले कार्यालयको गमला, झ्यालका सिसा लगायतका भौतिक संरचनामा तोडफोड मात्र गरेनन, फर्निचर एकत्रित गरि आगलागी समेत गर्न पुग्छन अनि मात्र निकुञ्ज प्रसाशनको आँखा खुल्छ र बाघलाई डार्ट गरि नियन्त्रणमा लिन राजि हुन्छ । तत्पश्चात डार्ट गरि बाघलाई निकुञ्ज कार्यालयमा ल्याइन्छ ।

माथिको घटनाक्रम हेर्दा निकुञ्ज प्रसाशनले सहि समयमा सहि निर्णय लिन नसकेको पुष्टि हुन्छ । निकुञ्ज प्रसाशनले स्थानियको मनोभाव समयमै बुझेको भए लाखौको भौतिक क्षति बाट जोगिने अवस्था प्रष्ट देखिन्छ । रत्ननगर ५ मा बसोबास गर्दै आएकी गीता श्रेष्ठ अधिकारी लगाएत अरु ३ जना न्युरो टिप्न आफ्नो घर पछाडि रहेको जनाकौली सामुदायिक बनमा गएका थिए । मध्यान्ह करिब साढे १२ बजे गीता श्रेष्ठ अधिकारीलाई सो स्थानमा बाघले आक्रमण गरे संगै बाकि रहेका ३ जना भाग्न सफल भए । अधिकारीलाई भने बाघले आक्रमण गरि घटनास्थल बाट करिब १०० मिटर अगाडि लगी आफ्नो सिकार बनाउन थाल्छ । स्थानियहरु घटनास्थल बाट खोज्दै जादा ठाउँ ठाउँमा अधिकारीका अंगहरु देख्छन र १०० मिटर अगाडि पुगे पछि सिकार गरिरहेको बाघ देख्छन । ५ जना स्थानियलाई बाघले पुन: आक्रमण गर्न खोजे संगै स्थानिय भाग्छन । अनि बाघलाई डार्ट गर्ने माग हुन्छ । हात्तीमा आएका प्राविधिकहरुले पनि बाघ लाई हटाउन सक्दैनन् । तोडफोड र आगजनी पश्चात घटनाको करिब साढे ४ घण्टा पछी बाघलाई डार्ट गरेर निकुञ्ज पुर्याईन्छ ।