
काठमाण्डौ,असार ७
नेपालमा आज थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार १३० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार सात सय ७२ जनाको ज्यान गएको छ । अहिले नेपालमा ५३ हजार ९ सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।