रत्ननगरमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

June 21, 2021 4:30 pm

रत्ननगर,असार ७
रत्ननगर ५ स्थित जनकौली सामुदायिक बनमा बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा रत्ननगर ५ कि ३५ बर्षिय गिता अधिकारी रहेको इलाका प्रहरी कार्यलय रत्ननगरले जनाएको छ । न्युरो टिप्न भनेर बनमा गएका ४ महिला मध्य बाघले १ महिलाको ज्यान लिएको हो । स्थानियका अनुसार बिगत केही दिन देखि सो बृद्ध बाघ जनकौली सामुदायिक बन का विभिन्न स्थानमा देखिएको थियो । नरभंक्षी बाघलाई डार्ट र मृत शरीरको उद्दारका लागि ढिलासुस्ती गरिएको भन्दै आक्रोसित स्थानीयले निकुञ्जको सौराहा सेक्टर कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरे ।स्थानीयले निकुञ्ज कार्यालयमा तोडफोड र आगजनी गरेपछि मात्र नरभंक्षी बाघलाई घटना भएको करिब साढे ४ घण्टापछि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएका हुन्।