चितवनमा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि

June 21, 2021 1:36 pm

चितवन,असार ७
चितवनमा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ४६२ जना कोरोना संक्रमित भएकोमा १३ हजार ९४० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २५३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २६९ रहेको छ ।