चितवनमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

June 20, 2021 5:15 pm

चितवन,असार ६
चितवनमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा २ जना गरि ४ जनाको ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ३३२ जना कोरोना संक्रमित भएकोमा १३ हजार ८४७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २२० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २६५ रहेको छ ।