विपद् व्यवस्थापनबारे प्रदेशका मन्त्रीसँग गृहमन्त्रीको छलफल

June 20, 2021 4:02 pm

काठमाडौं ।
गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन ।

मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड १९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी भएको छ । छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ ।