
धनगढी ।
महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।
भीमदत्त नगरपालिका १२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध गए राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन ।
नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाले भने महाकाली र जोगबुढा नदीको पानीगाउँ पसेपछि दोधारा चाँदनी नगरपालिका(१० का करिब ७० घरमा क्षतिपुगेको जनाएको छ ।