नेपाली कांग्रेस रत्ननगरद्धारा धार्मिक संस्थालाई स्वास्थ्य तथा खाद्य सामग्री सहयोग

June 19, 2021 6:27 pm

रत्ननगर,असार ५
नेपाली कांग्रेस रत्ननगर नगर समितिले धार्मिक संस्थालाई स्वास्थ्य तथा खाद्य सामग्री सहयोग गरेको छ । सहयोग अभियानको दोस्रो दिन शनिबार जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम, टिकौलीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर र बकुलहरमा रहेको गायत्री हरिहर मन्दिरलाई स्वास्थ्य तथा खाद्य सामग्री सहयोग गरिएको हो । रत्ननगर नगर समितिले धार्मिक संस्थामै पुगेर चामल,दाल,साबुन,सेनिटाइजर,मास्क लगाएतको सामग्री हस्तान्तरण गरेको नगर सभापति रुपन राज घिमिरेले जानकारी दिए ।

सहयोग सामग्री बितरण कार्यक्रममा नगर सभापति घिमिरेले महामारीको बेला सहयोगको भावना लिएर पार्टी नागरिक सम्म पुगेको र यो महामारीको समयमा नेपाली कांग्रेसले मानविय सेवा गरेको बताउदै जस्तोसुकै परिस्थितिमा पनि सहयोगको लागि आफुहरु लागिरहने वताए । धर्मधाम जिरौनाका अध्यक्ष दिपकचन्द्र शर्माले यस्ता सामाजसेवा उन्मुख उत्तरदायी कार्यमा राजनैतिक दल जोडिनुले धर्म संस्कृति जगेर्नामा ठुलो बल पुग्नुका साथै एकताको सन्देश प्रवाह गर्ने बताए । जिरौना स्थित धर्मधामलाई देशकै आकर्षक धार्मिक पर्यटनको गन्तव्य बनाउन जिम्मेवार राजनैतिक दलको रुपमा भूमिका निर्वाह गर्न सुझाब दिँदै शर्माले धन्यवाद ब्यक्त गरे । खाद्य तथा स्वास्थ्य सामग्री पाएपछि श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका अध्यक्ष लिलाराज सुवेदी र गायत्री हरिहर मन्दिरका अध्यक्ष नेमराज पौडेलले पनि नेपाली कांग्रेस रत्ननगर नगर समितिले गरेको पुण्य कामको प्रशंसा गर्दै कृतज्ञता ब्यक्त गरे ।

स्वास्थ्य तथा खाद्य सामग्री सहयोग कार्यक्रममा रत्ननगर ११ का वडा अध्यक्ष शशिभक्त न्यौपाने, नगर समितिका सचिव देवेन्द्र बहादुर भुजेल, कोषाध्यक्ष शिवप्रसाद बराल, नगर सदस्य बिनोद पौडेल, अशोकराज अधिकारी, मिना गुरुङ, वडा सभापतिहरु कमलनाथ अधिकारी, सितु अधिकारी, बसन्त देवकोटा, कलाधर पौडेल, सुर्यकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।