काठमाडौ
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। खनालको ज्वरो कम हुँदै गएको छ।‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, एमाले नेता सुरेन्द्र पाण्डेले भने। उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था ठीक छ। स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको हो।