चितवनमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना पुष्टि,२ को मृत्यु

June 19, 2021 3:08 pm

चितवन,असार ५
चितवनमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन मेडिकल कलेजमा १ जना र कलेज अफ मेडिकल साइन्सेस मा १ जना गरि २ जनाको ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ३२३ जना कोरोना संक्रमित भएकोमा १३ हजार ७५३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ३०८ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।