चितवन : दुई वर्ष अघि कोवेस्ट मोडल कलेज रत्ननगरबाट एस इ इ उतिर्ण गरि हाल भरतपुरकाे गुरुकुल कलेजमा कक्षा-१२ मा अध्ययनरत बिद्यार्थी समीप अर्यालले फेसवुक म्यासेन्जर एप्लिकेसनमा रहेकाे सुरक्षा कमजोरी पत्ता लगाएका छन् ।
म्यासेन्जर एप्लिकेसन मार्फत ब्यक्तिका आन्तरिक डकुमेन्ट चुहावट हुनेगरेकाे पत्ता लगाई रिपोर्ट गरेपछि अर्याललाई फेसवुकले फेसवुक भल्निर्याविलिटि अवार्ड बाट सम्मानित गरेकाे छ । नगद तीन हजार एकसय पच्चीस डलर सहित आफुलाई फेसवुकले सम्मानित गरेकाे कलेजमा आज आयाेजित पत्रकार सम्मेलनमा अर्यालले जानकारी दिए ।
मेसेन्जरबाट सम्वन्धित ब्यक्तिका आन्तरिक डकुमेन्ट चाेरी हुने अवस्था रहेकाे तथ्य पत्ता लगाई आफुले फेसवुकमा रिपाेर्ट गरेकाे उनले बताए । साे अबसरमा कलेजका प्राचार्य टिकाराम चापागाईंले खादा र प्रमाणपत्र सहित अर्याललाई सम्मान गरेका थिए । कलेजका अनुसार यहि जुन ५ मा बिद्यार्थी अर्याललाई अवार्ड प्राप्त भएको र फेसवुककाे हल अफ फेममा २४ अाैं स्थान प्रदान गरेकाे छ । पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष केशविर श्रेष्ठ , सहायक प्राचार्य प्रतीक ढकाल, शैक्षिक निर्देशक सुशील रेग्मी , शैक्षिक गुणस्तर बिभाग प्रमुख जगन्नाथ लामिछाने, बिज्ञान कार्यक्रम संयाेजक हरिहर भुषाल, पुर्व प्राचार्य बिनाेदखण्ड तिमिल्सिना, लगायत उपस्थित रहेका थियो।