थप २ हजार ७६८ जनामा कोरोना पुष्टि : ४४ को ज्यान गयो

June 18, 2021 5:19 pm

काठमाण्डौ,असार ४
नेपालमा आज थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार २० जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ६ लाख १७ हजार ९४७ कोरोना संक्रमित भएकोमा ५ लाख ४९ हजार ६८२ जना निको भएका छन् । नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।