चितवन,असार ४
चितवनमा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ३ जना र कलेज अफ मेडिकल साइन्सेस मा २ जना गरि १० जनाको ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार २७० जना कोरोना संक्रमित भएकोमा १३ हजार ७१८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २९१ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २६१ रहेको छ ।