
रत्ननगर,असार ४
नेपाली कांग्रेस रत्ननगरले सामाजिक संस्थालाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको छ । रत्ननगर नगर समितिले शुक्रवार ६ वटा सामाजिक तथा धार्मिक संघसंस्थालाई माक्स,सेनिटाइजर,साबुन,फेससिल्ड र खाद्य सामग्री चामल,दाल वितरण गरेको हो । गामबेँसीको चेपाङ संरक्षण केन्द्र,इलाका प्रहरी कार्यालय ,सानो घर,असहाय बृद्ध कल्याण समाज,श्रीराम बैदिक संस्कृति गुरुकुलम र नेपाल रेडक्रस सोसाइटी बछौलीलाई स्वास्थ्य सामग्री र खाद्यान्न हस्तान्तरण गरिएको रत्ननगर नगर सभापति रुपनराज घिमिरेले बताए ।घिमिरेले भोली पनि सहयोग जारी राख्दै श्रीकृष्ण प्रणामी मन्दिर टिकौली,धर्मधाम जिरौना र हरिहर गायत्री मन्दिरमा सञ्चालित गुरुकुलमलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सामग्री प्रदान गरिने जानकारी दिए ।
नेपाली काँग्रेस रत्ननगर नगर समितिलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरणका लागि इन्जिनियर सुवास चन्द्र बरालले एक लाख २० हजार रुपैयाँ बराबरको सहयोगका लागि समन्वय गरेका हुन । नगर सभापति घिमिरे र सहयोगीदाता बरालले संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग सामग्री बितरण कार्यक्रममा नगर सभापति घिमिरेले महामारीको बेला सहयोगको भावना लिएर पार्टी नागरिक सम्म पुगेको र सहयोग गर्ने अभियानको सुरुवात गरेको वताउदै यसलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौंलीका संस्थापक सभापति तथा नागरिक सहायता कक्षका संयोजक राममणि खनालले रोजगारी गुमेका,ज्याला मजदुरी गर्न नपाएर भोकभोकै भएका नागरिकलाई सहयोग गर्ने दायित्व राजनीतिक पार्टी,रेडक्रस र सामाजिक अगुवाहरुको रहेको वताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर काङ्ग्रेसले गरेको कार्य अत्यन्तै प्रसंसनिय भएको भन्दै राममन्दिर गुरुकुल अध्यक्ष तथा उद्योगी भेषराज दुवाडी ले सहयोगका लागी आफ्नो तर्फबाट भन्दै कार्यक्रमका बीच नगर समितिलाई पाँच हजार रुपैयाँ हस्तान्तरण गरे । स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस रत्ननगर नगर समितिका सचिवद्धय सीतादेबी रेग्मी,देबेन्द्र बहादुर भूजेल,कोषाध्यक्ष शिव बराल,नगर सदस्यहरु अशोक अधिकारी,विनोद पौडेल,मीना गुरुङ र वडा सभापतिहरु बसन्त देवकोटा,सीतु अधिकारी,कमलनाथ अधिकारी लगायतको सहभागिता रहेको थियो ।