विश्वासको मत माग्दै गण्डकीका मुख्यमन्त्री पोखरेल

June 18, 2021 1:01 pm

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन ।मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज मत मागेका हुन ।

काँग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका साथै स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ ।