थप २ हजार ६०७ जनामा कोरोना पुष्टि : ३९ को ज्यान गयो

June 17, 2021 5:32 pm

काठमाण्डौ,असार ३
नेपालमा बुधबार थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ८ हजार ५९७ जनाको मृत्यु भएको छ । आज २ हजार १४१ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ६ लाख १५ हजार ९८४ कोरोना संक्रमित भएकोमा ५ लाख ४५ हजार ६६२ जना निको भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।