चितवन, असार २–
चितवनमा निषेधाज्ञा थप गरेर असार १० गतेसम्म लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज सुचना जारी गर्दै असार १० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आजको आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने भएको छ । चितवन प्रशासनले यसअघि थप गरेको निषेधाज्ञाको अवधि भोलि सकिदै थियो । चितवनमा जेठ १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेश यस्तो छ :