चितवनमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना पुष्टि,३ जनाको मृत्यु

June 16, 2021 4:26 pm

चितवन,असार २
चितवनमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा १ जना गरि ३ जनाको मृत्यु भएको हो । चितवनमा अहिले सम्म १५ हजार १३१ जना कोरोना संक्रमित भएकोमा १३ हजार ४५० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ४२९ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २५२ रहेको छ ।