चितवन,असार १
चितवनमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ८३ जना कोरोना संक्रमित भएकोमा १३ हजार २८६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ५४८ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २५० रहेको छ ।