काठमाडौ
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न गरेका छन्।
अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई गरिएको कारबाहीबारे आयोगले कार्यान्वयन गर्न नसकिने बताएकोमा आयोगको भूमिका निष्पक्ष हुन नसकेको यावद बताउँछन्।
आज विज्ञप्ति निकालेर यादवले आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको तथा पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष रहेको उल्लेख गरेका छन्।
ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको यादवले बताएका छन्।
अध्यक्ष यादवले आयोगले गरेका कामबारवाहीविरूद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि चेतावनी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा अध्यक्ष ठाकुर पक्षका नेता सहभागी भएपछि जसपाभित्र विवाद छ।
अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारवाही गर्दै त्यसको जानकारी आयोगमा पठाइरहेका छन् तर आयोगले कुनै पक्षको कारवाहीलाई पनि कार्यान्वयन गरेको छैन।