
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन परीक्षणमा ८ सय ६९ जना गरी २ हजार ९ सय १८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार १ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८७.८ रहेको मन्त्रालयले जनाएको छ ।