चितवनमा पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

June 14, 2021 2:29 pm

चितवन,जेठ ३१
चितवनमा पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा १ जना र भरतपुर अस्पतालमा १ जना गरि २ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार २ जना कोरोना संक्रमित भएकोमा १३ हजार २१६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ५४२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २४४ रहेको छ ।