
चितवन,जेठ ३०
चितवनमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ३ जना,भरतपुर अस्पतालमा १ जना र कलेज अफ मेडिकल साइन्सेसमा २ जना गरि ६ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ९ सय ११ जना कोरोना संक्रमित भएकोमा १३ हजार ७४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ५९३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २४४ रहेको छ ।