कास्की
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
प्रदेश प्रमुख पौडेलले हिजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभयो ।