चितवन,जेठ २९
चितवनमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा २ जना,भरतपुर अस्पतालमा २ जना र कलेज अफ मेडिकल साइन्सेसमा १ जना गरि ५ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ८ सय ८५ जना कोरोना संक्रमित भएकोमा १२ हजार ९ सय ४३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ७०० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २४२ रहेको छ ।