युवा व्यवसायी खनालद्वारा १५ घरधुरीलाई खाद्य सामग्री सहयोग

June 12, 2021 12:12 pm

चितवन,जेठ २९
युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घरधुरीलाई खाद्य सामग्री सहयोग गरेका छन् । पोल्टी व्यवसायमा अब्बल रहेका खनालले व्यवसाय संगै सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर राख्दै गैडेआहलका विपन्न १५ घरधुरीलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल,नुन र तेलसहितको राहत सामग्री सहयोग गरेका हुन् ।

हामी व्यवसायी हौं, व्यवसाय मात्र होईन् सामाजिक कार्य र हाम्रो उत्तरदायित्व प्रती म सजक छु भन्दै खनालले लकडाउनले सबै मारमा पर्नुभएको छ, हामी सक्नेले नसक्नेलाई सहयोग गर्ने हो । छ र त दिनसकेको हुं । उद्योग वाणिज्य संघ रत्ननगरका उद्योग तर्फका उपाध्यक्ष समेत रहेका खनाल नेपाल ह्ययाचरी उद्योग संघका सहसचिव समेत रहेका छन् । विगतमा समेत पुरू खनालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दिन दुःखी र गरिबलाई सहयोग गर्दै आएका छन् ।

यो राहत वितरण अभियानसंगै खनालले लकडाउन र कोरोनाका कारण समस्यामा परेका अन्यलाई समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । खनालले खैरहनी हेल्प डेक्स मार्फत विपन्न समुदायको घरमा नै पुगेर सहयोग गरेका हुन् । सहयोग कार्यक्रममा खैरहनी हेल्प डेक्सका अभियान्ता एवंम् ग्रेट एफएमका अध्यक्ष रामेश्वर रिजाल,पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य,अभियान्ता सानू केसी,पुर्ण बोहरा,शान्तामाणि नहर्की,रामजि कुवंर लगायतको सहभागीता थियो । यसअघि खनालले चितवनका पत्रकारलाई प्रेस संगठन नेपाल चितवन शाखा मार्फत ५ हजार थान माक्स र १ सय थान सेनिटाईजर सहयोग गरेका थिए ।