नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित

June 11, 2021 11:42 pm

जेठ २८
विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएको । कुवेत सिटीमा भएको खेलमा नेपाल पराजित भएको हो । समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ । नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।