काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५९८ जनाको पीसीआर परीक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २२५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ ।