गण्डकीका मुख्यमन्त्री गुरूङले पाएनन् विश्वासको मत

June 10, 2021 6:20 pm

जेठ २७
ठूलो दलका नेताको हैसियले गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभाबाट विश्वासको मत लिन सकेनन् । बिहीबार विश्वासको मत लिन गुरुङले प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए । तर, गुरुङले जम्मा २७ सांसदको समर्थन पाए । गुरुङको विपक्षमा ३० मत परेको छ । ५८ जना सांसद उपस्थित भएकोमा ५७ जनाले मतदान गरेका छन् । विश्वासका लागि मुख्यमन्त्रीले प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरे ।