पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण,५९ जनाको मृत्यु

June 10, 2021 5:33 pm

काठमाण्डौ,जेठ २७
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना जना संक्रमणमुक्त भएका छन् ।