
चितवन,जेठ २७
चितवनमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ५ र भरतपुर अस्पतालमा ३ जना गरि ८ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ७ सय २३ जना कोरोना संक्रमित भएकोमा १२ हजार ८ सय १५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ६६९ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २३९ रहेको छ ।