यस वर्षको मनसुनजन्य प्रभाबबाट लाखौ मानिस प्रभावित हुने अनुमान

June 10, 2021 9:02 am

काठमाण्डौ
आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । अहिले देशका धेरै ठाउँमा बादल लागेर केही ठाउँमा सामान्य पानी परिरहेको छ भने दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

मनसुनी प्रणाली पनि नेपाल नजिकै आइसकेकाले भोलि बेलुकीपख वा पर्सिसम्म मनसुन भित्रने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच यस वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

गएको वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति ब्यहोरेको र यस वर्ष औसतभन्दा धेरै पानी पर्ने आकलन गरिएको यसपालिको मनसुनमा झन चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन ।