चितवन,जेठ २६
दोस्रो चरणको खोप अभियान अन्तर्गत चितवनमा बुधबार ४ हजार ८४५ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान अन्तर्गत ६२,६३ र ६४ वर्षका वृद्धवृद्धालाई पहिलो मात्राको भेरोसिल खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार खोप लगाउने मध्य पुरुष दुई हजार ४५५ जना र महिला २ हजार ३ सय ९० जना रहेका छन् । सवैभन्दा धेरै भरतपुर नगरपालिकामा २ हजार ९ सय ८३ जना,रत्ननगर नगरपालिकामा ६९५ जना,खैरहनी नगरपालिकामा ३७१ जना,कालिका नगरपालिकामा २८५ जना,राप्ती नगरपालिकामा ३१० जना ,माडी नगरपालिकामा १४७ जना र इच्छाकामना गाउँपालिकामा ५४ जनाले खोप लगाएका हुन् ।
दोस्रो चरणको अभियान अन्तर्गत खोप लगाउन चितवनमा २ दिन समय तोकेको स्वास्थ्य कार्यालयले मंगलबार ३ हजार ९४६ जनाले खोप लगाएका थिए । मंगलबार र वुधबार गरेर चितबनमा ८ हजार ७९१ जनाले खोप लगाएका हुन् । खोप अभियानकाका लागि तीन सय १६ जना स्वास्थ्यकर्मी परिचालित गरिएको र ७९ खोप केन्द्र तोकीएको थियो । चितवनमा चीन सरकारको सहयोगमा प्राप्त भेरोसेल खोप लगाइएको हो ।