काठमाडौं ।
केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन ।
पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज बसेको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि श्रेष्ठले निर्देशन दिएका छन । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए ।