संसद विघटनको मुद्दाः इजलासमा बस्ने वा नबस्नेबारे आज आदेश सुनाउने

June 9, 2021 10:02 am

काठमाडौं
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज सुनुवाइको तयारी गरिएको छ । आज संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास बस्ने तयारी रहेको सर्वोच्च अदालतले जनाएको छ ।

गत सोमबार सुनुवाइ स्थगित भएपछि सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बुधबार सुनुवाइ गर्ने तयारी रहेको बताएका थिए ।

सर्वोच्च स्रोतका अनुसार बुधबारको इजलासमा सरकारी पक्षले प्रश्न उठाएका दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्ने कि नबस्ने भन्ने आदेश सुनाउने तयारी छ । उनीहरुको निर्णयको आधारमा संवैधानिक इजलासलाई निरन्तरता दिने वा पुनर्गठन गर्ने भन्ने तय हुन्छ ।

गत आइतबार मात्रै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समेटेर संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।