चितवनमा मंगलबार ३ हजार ९४६ जनाले कोरोना विरुद्धको खोप लगाए

June 8, 2021 8:51 pm

चितवन,जेठ २५
दोस्रो चरणको खोप अभियान अन्तर्गत चितवनमा मंगलबार पहिलो दिन ३ हजार ९४६ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान अन्तर्गत ६२,६३ र ६४ वर्षका वृद्धवृद्धालाई पहिलो मात्राको भेरोसिल खोप लगाइएको हो ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार खोप लगाउने मध्य पुरुष दुई हजार ८६ जना र महिला १ हजार ८ सय ६० जना रहेका छन् । सवैभन्दा धेरै भरतपुर नगरपालिकामा २ हजार ६ सय ४९ जना,रत्ननगर नगरपालिकामा ५२३ जना,खैरहनी नगरपालिकामा २१६ जना,कालिका नगरपालिकामा १८१ जना , राप्ती नगरपालिकामा १६९ जना , माडी नगरपालिकामा १३३ जना र इच्छाकामना गाउँपालिकामा ७५ जनाले खोप लगाएका हुन् ।

दोस्रो चरणको अभियान अन्तर्गत खोप लगाउन चितवनमा २ दिन समय तोकेको स्वास्थ्य कार्यालयले भोली पनि खोप लगाउदैछ । खोप लगाउन जाने व्यक्तिका लागि नागरिकता वा परिचयपत्र अनिवार्य गरिएको छ । खोप अभियानकाका लागि तीन सय १६ जना स्वास्थ्यकर्मी परिचालित गरिएका छन् भने ७९ खोप केन्द्र तोकीएको छ । चितवनमा चीन सरकारको सहयोगमा प्राप्त भेरोसेल खोप लगाइएको हो ।