कोरोना उत्पत्तिबारे चीनलाई थप दबाब दिन सकिदैन : डब्ल्यूएचओ

June 8, 2021 2:09 pm

काठमाडौं ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का वरिष्ठ अधिकारीले चीनलाई कोरोना भाइरस ९कोभिड–१९० को उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताएका छन ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै पनि अधिकार नरहेको बताएका हुन् ।
विशेषगरी चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । धेरै वैज्ञानिकहरुले कोरोनाको उत्पत्तिको विषयमा पूर्णरुपमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

यस वर्षको सुरुआतमा डब्ल्यूएचओका वैज्ञानिकहरुको टोलीले चीनको भ्रमण गरेका थिए ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गरेका थिए । उनका विदेशमन्त्री माइक पोम्पेओले पनि आफूहरुसँग चीनको प्रयोगशालाबाट कोरोना बाहिरिएको प्रमाण आफूहरुसँग भएको बताउने गरेका थिए ।