
रत्ननगर,जेठ २५
रत्ननगर नगरपालिकाले लिचि र आँपको विरुवामा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले मंगलबार सुचना जारी गर्दै व्यवसायिक बगैंचा स्थापना गर्न इच्छुक कृषक तथा संस्थालाई आँप र लिचिको विरुवामा ५० प्रतिशत अनुदान दिने जानकारी दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलद्धारा हस्ताक्षरित सुचनामा अषाढ ६ गते भित्र आवश्यक पर्ने विरुवाको संख्या र जात सहित नगरपालिकाको कृषि शाखामा निवेदन पेश गर्न इच्छुक कृषक तथा संस्थालाई अनुरोध गरिएको छ । नगरपालिकाले वार्षिक स्वीकृत कृषि विकाश कार्यक्रम अन्र्तगत अनुदान दिन लागेको हो ।