पछिल्लो २४ घण्टामा ४,४७२ संक्रमित, ९२ जनाको मृत्यु

June 7, 2021 6:18 pm

काठमान्डौ ,जेठ २४
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ८५ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।