चितवन,जेठ २४
दोस्रो चरणको खोप अभियान अन्तर्गत चितवनमा भोलीबाट वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ६२,६३ र ६४ वर्षका वृद्धवृद्धालाई पहिलो मात्राको चीनको भेरोसिल खोप लगाइने छ । खोप चितवनका विभिन्न खोप केन्द्रहरुमा लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै वडामा रहेका खोप केन्द्रहरुमा आफ्नो परिचयपत्र लिएर ६२ देखि ६४ उमेर समूहका वृद्धवृद्धालाई खोप केन्द्रमा जान अनुरोध गरेको छ । सुचनामा जेठ २५ र २६ अर्थात दुई दिन खोप लगाइने पनि जानकारी दिइएको छ ।