
चितवन,जेठ २४
चितवनमा पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ५ जना, भरतपुर अस्पतालमा ३ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरि ९ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ४ सय ७६ जना कोरोना संक्रमित भएकोमा १२ हजार ४ सय २९ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ८१७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २३० रहेको छ ।