ओलीको प्रस्ताव माथी छलफल गर्न खनाल -नेपाल पक्षको बैठक बस्दै

June 7, 2021 7:57 am

काठमाडौ
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन उनीहरूले भर्चुअल रूपमा छलफल गर्न लागेका हुन

प्रधानमन्त्री ओलीले आइतबार बेलुकी ६ बुँदे प्रस्ताव राखेका थिए। त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा छन्।

ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि खनाल(नेपाल पक्षका नेता योगेश भट्टराईले सकरात्मक भन्दै प्रतिक्रिया दिएका थिए भने रामकुमारी झाँक्रीले सर्तसहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन्।