नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने टी भाइटालिटी ब्लास्ट गुमाउने भएका छन । बेलायतको भिसा ढिला आएको र क्वारेन्टिन नियमका कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् । वर्सेस्टरसायर र्यापिड्समा अनुबन्ध भएका सन्दीपले भिसा र पासपोर्ट इस्युका कारण ब्लास्ट गुमाउने भएको र्यापिड्स आफ्नो आधिकारिक वेवसाइटमार्फत पुष्टि गरेको छ । अब उनको स्थानमा न्युजिल्याण्डका स्पीनर इश सोधीलाई अनुबन्ध गरेको पनि र्यापिड्सले जनाएको छ ।
सन्दीपले शुक्रबार राती भिसा आए पनि टु लेट भनेर ट्वीट गरेका थिए । उनले फेसबुक लाइभमा आएर भिसा र पासपोर्टकै कारण समयमा बेलायत जान नपाउँदा टी-२० ब्लास्ट खेल्न नपाउने बताएका थिए । ब्लास्ट खेल्न नपाउने भएपछि सन्दीपले निराशा व्यक्त गरेका थिए ।
नेपालबाट टी-२० ब्लास्टका लागि अनुन्ध हुने सन्दीप नै पहिलो खेलाडी थिए । भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को महिना हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता दी हन्ड्रेड लागि भने इंग्ल्यान्ड जाने छन् । हन्ड्रेड जुलाई २१ देखि सुरु हुँदैछ ।