काठमान्डौ ,जेठ २३
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आइतबारसम्म देशभर ८९ हजार २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।