चितवनमा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

June 6, 2021 3:18 pm

चितवन,जेठ २३
चितवनमा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ४ जना, कलेज अफ मेडिकल साइन्सेसमा १ जना, र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरि ६ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ३ सय ४१ जना कोरोना संक्रमित भएकोमा १२ हजार ८० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित २ हजार ६४ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २२७ रहेको छ ।