प्रेस चौतारी चितवनले श्रमजीवि पत्रकारलाई राहात वितरण र अवस्थाको सर्वेक्षण गर्ने

June 5, 2021 5:28 pm

जेठ २२,चितवन
प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले कोरोना कहरले समस्यामा परेका पत्रकारहरूलाई राहात वितरण तथा अवस्थाको सर्वेक्षण गर्ने भएको छ । संगठनले विभिन्न समिति गठन गरी राहात वितरण तथा सर्वेक्षण गर्न लागेको हो । चौतारी चितवनले राहात वितरण गर्न तिलकराम रिमालको संयोजकत्वमा मनोज घिमिरे, गोविन्द घिमिरे, मुकुन्द भूषाल, विकास पौडेल र रविना पौडेल रहेको ७ सदस्यीय समिती गठन गरेको हो । सो समितिले कोरोना कारण समस्यामा परेका जिल्लाका क्रियाशील पत्रकारहरूको अवस्थाको पहिचान र मूल्याङ्न गरी संगठनकातर्फबाट राहात उपलब्ध गराउने छ ।

प्रेस चौतारी चितवनले कोरोना कहरमा चितवनका पत्रकारहरूको अवस्था, उनीहरूको भोगाई तथा अवस्थाका विषयमा सर्वेक्षण गर्ने भएको छ । सो कार्यका लागि शालिग्राम नेपाल नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा प्रतिमा सिलवाल, सन्तकुमार चौधरी, मधुसुदन दवाडी, सचिन भट्टराई, आनन्द पोखरेल रहनुभएको छ । कोरोनाले जिल्लाका पत्रकारहरूलाई पारेको प्रभावका बारेमा गरिने सर्वेक्षणले पत्रकार सम्वद्ध निकायलाई नीति निर्माण र खास समस्याको ध्यानाकर्षण गराउन सहज हुने विश्वास संगठनले लिएको छ ।

प्रेस चौतारी चितवनले पत्रकार महासंघमा आवद्ध भएका पत्रकार तथा आवद्ध नभएका तर क्रियाशील सबै पत्रकारहरूलाई सर्वेक्षणमा सहभागी भई सहयोग गरिदिन अपिल गरेको छ । चौतारी चितवनले चितवनका सञ्चारमाध्यममा कोरानाले पारेको प्रभावका बारेमासमेत सर्वेक्षण गर्ने भएको छ । त्यसका लागि रामकान्त पौडेल संयोजक रहेको ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा कोमलचन्द्र भगत, शान्ता अधिकारी, लक्ष्मण गौत्तम, दीपेन्द्र अधिकारी, अमित काफ्ले र सञ्जय चौधरी रहनुभएको छ । समितिले जिल्लाका पत्रपत्रिका, एफएम, टेलिभिजन तथा अनलाइनहरूको अवस्थाका बारेमा सर्वेक्षण गर्नेछ ।