चितवन,जेठ २२
चितवनमा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ३ जना,कलेज अफ मेडिकल साइन्सेसमा २ जना,चितवन मेडिकल कलेजमा १ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरि ७ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार २ सय ८५ जना कोरोना संक्रमित भएकोमा ११ हजार ३ सय ६९ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित २ हजार ७ सय जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २२६ रहेको छ ।