
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत उल्लेख गरेका छन् ।
प्रधानन्त्रीले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले खोपका लागि सिधै आग्रह गरिएको समेत उल्लेख गरेका छन् । ‘बेलायतमा काम गरिरहेका धेरै गोर्खा सैनिकका परिवार नेपालमा छन्, त्यसैले दुई मुलुकको बीचमा बलियो कनेक्सन छ ।’
बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोराना महामारीसँग लड्न बेलायत नेपालसँगै रहेको उल्लेख गरेका छन् ।
विदेश मन्त्रालयका प्रवक्ताले स्वास्थ्य सामाग्रीहरु नेपालमा पठाउने मुलुकहरुमध्ये बेलायत अग्रपंक्तिमा रहेको बताए । विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स मार्फत नेपाललाई खोप उपलब्ध गराउने बताएका छन् ।