काठमाण्डौ – जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहबाट मन्त्री बन्नेहरूको शपथ ग्रहण हुने भएको छ । अहिले राति ८ बजेका लागि शपथ ग्रहणको समय तय गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
जसपाको ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निश्चित भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । ठाकुर पक्षबाट नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री बन्नुहुने भएको छ ।
जनता समाजवादी पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई पार्टीबाट निष्कासन गरेको छ । ठाकुर पक्षले पनि यादव पक्षका नेतालाई निष्कासन गरेको छ । दुवैको विवाद निर्वाचन आयोगमा पुगेको छ ।