सौराहाका ४१ हात्तीलाई चना र सख्खर सहयोग

June 4, 2021 8:05 pm

चितवन,जेठ २१
पर्यटकीय नगरी सौराहामा निषेधाज्ञाका कारण प्रभावित बनेका हात्तीहरुलाई पौष्टिक आहार सहयोग गरिएको छ । नीजि स्तरबाट पालिएका हात्तीहरु पर्यापर्यटन ठप्प हुदाँ आहारमा समस्या भएपछि शुक्रबार नेपाल एलिफेन्ट वाक सेन्चुरी र जेन्टल जायन्ट्स स्टे होमको संयुक्त पहलमा हात्तीहरुका लागि पौष्टिक आहार सहयोग गरिएको हो ।

जंगलमा जादाँ आफै घाँसपात खादै आएका हात्तीहरु हात्ती सफारी वन्द भएपछि खानामा समस्या हुदै आएको थियो । सौराहामा रहेका ४१ निजी हात्तीहरुलाई १०२५ केजी चना र ८२० केजी सख्खर सहयोग गरेको नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष सुधा ढकालले जानकारी दिए । युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीको अध्यक्षतामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा विश्व भरी फैलीएको कोरोना महामारीको विषम परिस्थितिमा सौराहको हात्तीहरुलाई गरिएको खाद्यान्न सहयोगले ठुलो राहत मिलेको व्यवसायीहरुले बताए ।

नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष सुधा ढकालले कोरोना महामारीको स्थिति सामान्य नहुन्जेलसम्म हात्तीहरुलाई खाद्यान्न सहयोग वितरण गरिने बताइन्। एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष ढकालले सदर चिडियाखाना जावलाखेलमा रहेको पवनकली हात्तीलाई पनि खाद्यान्न सहयोग वितरण गरिने बताइन्। खाद्यान्न वितरणको लागि जेन्टल जायन्ट्स स्टे होमका डिंना मुनोज र कोल्बी स्टेनरले आर्थिक सहयोग प्रदान गरेका थिए।